यु–१९ विश्वकप : नेपालको लगातार तेस्रो हार-Sutra News

यु–१९ विश्वकप : नेपालको लगातार तेस्रो हार

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार तेस्रो हार खेपेको छ ।



समूह ‘डी’ अन्तर्गत मलेसियाको वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो ।

लगातार तेस्रो हारसँगै नेपालको सुपर सिक्स यात्रा सकिएको छ । नेपालले अब शुक्रबार हुने प्लेअफ खेलमा समूह ‘ए’ को चौथो हुने टोलीसँग खेल्नेछ ।

यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५६ रनमा समेटियो ।

नेपालका लागि कप्तान पुजा महतोले १८ रन बनाए । यस्तै साना एलिसा यादवले नौ, प्रविनले आठ र सावित्री धामीले सात रन बनाए । अन्य खेलाडीले खासै रन बनाउन सकेनन् । बलिङमा अस्ट्रेलियाका लागि हर्सित गिल, जुलट्टी मोर्टन र लिली वासिङफइतेले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ए कसय ३९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि काओइमहे ब्रेले सर्वाधिक ४५ रन बनाए ।

एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन जोडे । बलिङमा नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिनुभयो । यस्तै सीमाना केसीले दुई र रिया शर्माले एक विकेट झारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट