सिद्धार्थ बैंकको बिजोग, खराब कर्जा जोखिमको तहमा-Sutra News

सिद्धार्थ बैंकको बिजोग, खराब कर्जा जोखिमको तहमा

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड क्रमशः समस्या उन्मुख देखिएको छ । एकातिर बैंकको नाफा नराम्रोसँग प्रभावित भएको छ भने अर्कोतिर बैंकको खराब कर्जाको तह निकै उच्च अंकले बढेको छ ।



चालु आर्थिक वर्षको पौष महिनासम्मको वित्तीय विवरणअनुसार बैंकले जम्मा ५३ करोड नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.३५ प्रतिशतले कम हो ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

खुद नाफामा भारी गिरावटसँगै वितरणयोग्य नाफा पनि ऋणात्मक बनेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्जमा भारी मात्रामा बृद्धि हुँदा नाफा प्रभावित भएको हो । बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत तथा सञ्चालन आम्दानी ४.४० प्रतिशत मात्रैले बढेको छ । तर, इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोडबाट २ अर्ब २६ करोड पुगेको छ ।

सँगै, योबिचको बैंकको खराब कर्जादर निकै उच्च भएको छ । पौष मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ४.५० प्रतिशत पुगेको छ ।

गत आबको सोही अवधिमा बैंकको खराब कर्जादर २.५६ प्रतिशत मात्रै थियो । तर, यो अवधिमा ७५.७८ प्रतिशतले बढ्दै खराब कर्जादर ४.५० प्रतिशत पुगेको हो । जुन दरलाई जोखिमको तह नजिक पुगेको मानिन्छ ।

नाफा प्रभावित हुँदा बैंकले केही वर्षदेखि नै लगानीकर्तालाई निकै कम लाभांश दिने गरेको छ । गएका दुई आर्थिक वर्षमा सिद्धार्थका लगानीकर्ताले जम्मा ४ प्रतिशत हाराहारी लाभांश पाएका थिए ।

बैंकको पछिल्लो ऋणात्मक वित्तीय विवरणका बिच आगामी वर्ष बैंकले नाफा देला भन्न सकिने अवस्था देखिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट