होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो-Sutra News

होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१
फाइल तस्बिर ।

काठमाडौं । उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताए । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् ।



सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिका थिए । घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भने, “हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।”

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरे । “यो एकताको दिन हो,” उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । उनले दोषी जो कोही भए कारबाही हुनेसमेत बताए ।

टर्की सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार कम्तीमा नौजनालाई पक्राउ गरिएको बताए । आगलागी हुँदा करिब २३४ जना पाहुना होटलमा बसिरहेका थिए । रासस,एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट