नेप्सेमा ११.१० अंकको गिरावट-Sutra News

नेप्सेमा ११.१० अंकको गिरावट

बिहिबार, १० माघ २०८१

बिहिबार, १० माघ २०८१

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक ११.१० अंक घटेर २६५४ अंकमा कायम भएको छ । आज नेप्सेसँगै कारोबार रकम घटेको छ ।



आज नेप्सेको कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो ।

८६ कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ । आज ३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट