मुख्यमन्त्री सिंहको पुत्ला दहन-Sutra News

मुख्यमन्त्री सिंहको पुत्ला दहन

बिहिबार, १० माघ २०८१

बिहिबार, १० माघ २०८१

काठमाडौं । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतिसकुमार सिंहको पुत्ला दहन गरिएको छ ।



बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुत्ला दहन गरेका छन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले विरोध जनाएका छन् ।

चार लाखभन्दा बढी बोलिने भाषालाई विधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी विरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए ।

विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट