काठमाडौं । नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को माघ १२ गते हुने २३ औं राष्ट्रिय सम्मेलनमा केन्द्रीय खुल्ला उपाध्यक्षमा नुवाकोटका विनोद कोइरालाले उम्मेदवारी दिएका छन् । नुवाकोट जिल्ला इन्चार्जसमेत रहेका कोइराला २०६४ देखि संगठनमा सक्रिय रहँदै आएका छन् ।
१३ वर्षको उमेरमा नुवाकोटको विदुर नगरपालिका वडा नं १२ मा रहेको महेन्द्र मा.वि. मा २०६४ सालमा स्कुल इकाई कमिटी अध्यक्ष हुँदै आवद्ध भएका थिए । २०६८ मा काठमाडौंको एनआर कलेजको इकाई कमिटि स्पयंमसेवक विभाग प्रमुख, ७० सालमा काठमाडौं क्षेत्र नं ७, ८ र ९ मा इलाका कमाण्डरमा रहेर काम गरेको अनुभव कोइरालामा छ ।
२०७२ माकाठमाडौं जिल्ला कमिटिमा रहेर काम गर्दै २०७३ मा नुवाकोट जिल्ला कमिटिको सह सचिव, ०७४ मा तत्कालिन नेकपा एकता हुँदा जिल्ला सह संयोजक, ०७७ मा नुवाकोट संयोजक, ०७८ मा केन्द्रीय सदस्य साथै जिल्ला इन्चार्जको भूमिकामा रहेर काम गरिसकेका छन् । संगठनमा सक्रिय रहँदै आएका कोइरालाले देशभरका प्रतिनिधि विद्यार्थीलाई आफूलाई मतदान गरि विजयी गराउन अपिलसमेत गरेका छन् ।
यस्तो छ कोइरालाको चुनावी एजेण्डाहरु :
१. देशभर सञ्चालनमा रहेको सम्पूर्ण शैक्षिक संस्थाको विवरण तयार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न छलफल, बहस तथा अन्तरक्रिया सञ्चालन गर्ने।
२. निजी शैक्षिक संस्थाहरूको अध्ययन, अनुगमन गरी उनीहरूले दिएको शुल्कलाई सर्वशुलभ र एकरुपता बनाउनको निम्ति प्याब्सन एनप्याब्सन, शिक्षा निकाय तथा समन्वय इकाईसँग पहल गर्ने। साथै स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्मलाई सुझाव दिने । उचित सम्बोधन नभए देशैभर दवाब सिर्जना गर्ने।
३. नेपालको संविधान २०७२ मैं व्यवस्था भएबमोजिम आधारभूत शिक्षा अनिवार्य र माध्यामिक शिक्षा निःशुल्क भए नभएको अनुगमन गर्ने साथै कार्यान्वयन गराउन दबाव सिर्जना गर्ने।
४. विद्यार्थीहरूलाई सार्वजनिक यातायातका ४९ प्रतिशत छुट भनी गरिएको पूर्वसहमतिलाई कार्यान्वयन गउन संघर्ष गर्ने।
५. निजी शैक्षिक संस्थामा हुने व्यापारको अन्त्यको निम्ति संघर्ष गर्ने ।
६. कथित स्थानीय सरकारले शिक्षामा निजीकरयण र व्यापारीकरणलाई प्रोत्साहन गर्ने गरी सरकारी विद्यालयलाई गाभ्ने कार्य हुन नदिने । विद्यालय समायोजन अवैधानिक, अव्यवहारिक र जनचाहाना विपरीत भएकाले यसको पुनर्विचार गर्न दबाब दिने ।
७. निजी तथा संस्थागत विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति अनिवार्य कार्यान्वयन गराउन अविलम्ब पहल गर्ने ।
८. देशैभर अनुमतिविना संचालनमा रहेका शैक्षिक तथा स्वास्थ्य संस्थाको अनुगमन गरी तिनीहरूको खारेज गर्ने अग्रसर हुने र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ पुर्णतः लागु गर्नुपर्नेमा जोड दिने ।
९. सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्राविधिक कोर्ष रहेका विद्यालयमा प्राविधिक कोर्षको शुल्क सर्वसुलभ बनाउनको निम्ति अविलम्न पहल गर्ने ।
१०. शिक्षा क्षेत्रलाई व्यापार सम्झी अनुमति विना सञ्चालनमा रहेका इन्स्टिच्युट ट्यूसन सेन्टरहरूको खारेज गर्न निर्णायक आन्दोन गर्ने ।
११. विगतदेखि उठाउँदै आएको वैज्ञानिक समाजवादी शिक्षा प्रणाली, समान निःशुल्क वैज्ञानिक व्यवहारिक व्यवस्थापकीय, उत्पादनमुलकतालाई पूर्णता दिनै वैज्ञानिक समाजवादी चेतनासहितको आत्मनिर्भर, दक्षा तथा प्राविधिक जनशक्ति उत्पादन गर्न पहल गर्ने। त्यसका लागि नीति निर्माण गर्न सङ्घर्ष थाल्ने ।
१२. पुँजीवादको अन्त्य विश्व सर्वहारा वर्गका जनताको मुक्ति र नेपालका वैज्ञानिक समाजवादी सत्ताको स्थापनको खातिर मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले लिएको कार्यदिशा समाजवादी आन्दोलनको तयारीप्रति प्रतिबद्ध भई क्रान्तिको मार्गमा निरन्तर अघि बढ्ने ।
१३. सङ्गठनलाई राजनीतिक तथा विचारधारात्मक हिसाबले सृदृढ, व्यवस्थित र परिपक्व बनाई समाजमा रहेका सबै खाले विकृति, विसङ्गतिको भण्डाफोर अभियान सञ्चालन गर्ने ।
१४. पछिल्लो समयमा हप्तैपिंच्छे पेट्रोलियम पदार्थमा गर्दै आएको मूल्य वृद्धि तथा दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी र महङ्गीविरुद्ध सङ्घर्षको आन्दोलन चर्काउने ।
१५. सरकारी कार्यालय, निकाय तथा सार्वजनिक सेवाका क्षेत्रमा हुने बदमासी र अनियमितताका विरुद्ध सङ्घर्ष गर्ने ।
१६. समाजभित्र हुने सबैखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद र असमानताका विरुद्ध उभिने र सामाजिक न्यायका पक्षमा सङ्घर्ष गर्ने।
१७. जनताका छोराछोरी सबै अखिल (क्रान्तिकारी) भन्ने मूल नारासाथ सबै देशभरका क्रान्तिकारी विद्यार्थीहरूलाई क्रान्तिकारी आन्दोलनभित्र फराकिलो ढङ्गबाट सङ्गठित गर्न अभियान चलाउने ।