राष्ट्रपतिमा ट्रम्पको आगमनसंगै अवैध आप्रवासी गिरफ्तार सुरु-Sutra News

राष्ट्रपतिमा ट्रम्पको आगमनसंगै अवैध आप्रवासी गिरफ्तार सुरु

शुक्रबार, ११ माघ २०८१

शुक्रबार, ११ माघ २०८१

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्पको आगमनसंगै कागजात नभएका आप्रवासीलाई गिरफ्तार गर्ने र फिर्ता गर्ने कार्यले तिव्रता पाएको छ ।



बिहीबार इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्टले ५३३ जना गिरफ्तार गरेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उनीहरू अवैध आप्रवासी अपराधी भएको जनाएका छन् ।

यी नै मध्यका चार जना भेनेजुएला प्रिजन ग्याङसँग सम्बन्धित छन् । उनीहरू माथि अल्पसङ्ख्यक माथि दुराचारको आरोपका साथै संदीघ्न आतङ्कवादी रहेको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट