आप्रवासीप्रति कठोर बन्दै राष्ट्रपति ट्रम्प, कस्तो छ नेपालीको अवस्था ?-Sutra News

आप्रवासीप्रति कठोर बन्दै राष्ट्रपति ट्रम्प, कस्तो छ नेपालीको अवस्था ?

शुक्रबार, ११ माघ २०८१

शुक्रबार, ११ माघ २०८१

काठमाडौं । ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सपथ लिँदासम्म उनले चुनावी घोषणा पत्रमा आफुले अमेरिकी जनतालाई वचनबद्ध गराएका धेरै कुराहरू पुरा गर्ने प्रण गरेका छन। सबैभन्दा पहिले उनले आप्रवासन सम्बन्धि आदेशलाई कडाइका साथ नियन्त्रण र नियमन गर्ने कुरा अगाडि सारे। विश्वबाट अमेरिकाको भिसा लिएर बच्चा जन्माउनका लागि जाने आमाहरुको सपनाको पनि अन्त्य भएको छ।



जन्मका आधारमा नागरिकताको हकको परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन्। तर जन्मिएकै आधारमा नागरिकता प्राप्त गर्ने अधिकारलाई बदल्ने उद्देश्य राखेकासहित उनका कतिपय आदेशले कानुनी कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।

ट्रम्पले यसअघि बाइडन नेतृत्वको ह्वाइट हाउसको विध्वशंकारी नीतिहरू पाँच मिनेटभित्रै खारेज गर्ने बताउँदै आएका थिए।
नयाँ प्रशासनले ‘सीबीपी वान’ नामक ‘एप’ रद्द गरेपछि केही घण्टाअघि नै हजारौँ विदेशीहरूका आप्रवासनसम्बन्धी कामका लागि सरकारी भेटका लागि आरक्षित समयहरू रद्द भएका थिए। उक्त ‘एप’ सीमा प्रवेश बिन्दुमा उपस्थितिको समय लिनका लागि प्रयोग गर्ने गरिन्थ्यो।

आफ्नो शपथग्रहणपछिको मन्तव्यमा ट्रम्पले अमेरिकामा हुने ‘सबै गैर कानुनी प्रवेश रोकिने’ भन्दै दशौँ लाख ‘अपराधी विदेशी’लाई देशनिकाला गरिने बताएका थिए।

“हाम्रो देशलाई जोखिम र आक्रमणबाट रक्षा गर्नुभन्दा ठूलो जिम्मेवारी मसँग छैन्,”उनले अमेरिकी क्यापिटलमा गरेको सम्बोधनमा भनेका थिए।

बाबू आमाको नागरिकता जुनसुकै देशको भए पनि बच्चा अमेरिकाको भुमिमा जन्मेपछि जन्मको आधारमा नागरिकता दिने नियमको अन्त्य भएको छ । नेपालबाट पनि नाम चलेका प्रतिष्ठित कलाकारदेखि समाजका गन्यमान्य व्यक्तिहरु सन्तान जन्माउन मात्रै भए पनि अमेरिका जाने गरेका थिए। गैर कानुनी रूपमा सीमाबाट हुने प्रवेशलाई पनि अब राष्ट्रपतिले रोकेका छन् । अमेरिकी आप्रवासन सम्बन्धि नीति नियममा व्यापक परिवर्तन भएको छ।

नेपालबाट बर्षेनी दुई हजारबढि स्थल मार्ग हुँदै गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने गरेको पाइएकोमा ट्रम्पको आप्रवासन सम्बन्धि अबको कडा नियमले यो बन्द हुँदैछ । नेपालको नक्कलि राहदानीको प्रयोग गरेर अन्य मुलुकमा मानिसहरु पनि अवैध तरिकाले अमेरिका प्रवेश गर्ने गरेको पाइएको छ । त्यसैले गैर–कानुनी रुपमा कति नेपाली वार्षिक रुपमा अमेरिका प्रवेश गर्छन् र अब अबैध रूपमा प्रवेश गरेर बसिरहेका नेपालीहरुलाई अमेरिकाले कसरी फिर्ता पठाउदै छ भन्ने सबैको चासोको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट