चन्द्रकान्तको गीत ‘देशको चिन्ता’ सार्वजनिक (भिडियोसहित)-Sutra News

चन्द्रकान्तको गीत ‘देशको चिन्ता’ सार्वजनिक (भिडियोसहित)

आइतबार, १३ माघ २०८१

आइतबार, १३ माघ २०८१

काठमाडौं । चर्चित युवा ज्योतिष ज्योतिषाचार्य चन्द्रकान्त पौडेलको ‘देशको चिन्ता’ नामक गीति  एल्बम सार्वजनिक भएको छ । विगत १६ वर्ष देखि सांगीतिक क्षेत्रमा सक्रिय पौडेलको यो चौथो एल्बम हो ।



दुई दर्जनभन्दा बढी गीतमा स्वर संगीत दिएका पौडेलले यसअघि आफ्नै एकल स्वर संगीतमा ‘प्रसिद्धि’ श्रोताको अपेक्षा ‘परदेशी’ नामक एल्बम सार्वजनिक गरिसकेका छन् । देशको चिन्ता एल्बममा दुई वटा गीत ‘देशको चिन्ता’ र ‘वीर गोर्खाली’ रहेका छन् । दुई वटै गीतको भिडियो स्वयं पौडेलले नै निर्देशन गरेका छन् भने अजय रेग्मीको छायांकन अधिनायक मान शेरचनको सम्पादन रहेको छ ।

गीतको रेकर्डिङ मास्टरिङ तथा एरेन्ज कुमार थापाले गरेका हुन्।

युवाहरू वैदेशिक रोजगारमा पुगेका कारण देश विकसित हुन नसकेको सन्देश यो गीति एल्बमले दिएको छ।

बहुमुखी प्रतिभाका धनी पौडेलले नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता प्रस्तोता एवं रेडियो नेपालमा संस्कृत समाचार सम्पादक प्रस्तोताका रूपमा पनि काम गरेका छन् । सानैदेखि गुरुकुलमा पढेका पौडेलले ज्योतिष शास्त्रमा नै आचार्य यानि कि स्नातकोत्तरसम्म अध्ययन गरेका हुन् ।

पौडेलले संस्कृत गुरुकुलमा दलित जनजाति समुदायलाई पनि समेट्नुपर्छ भनेर अभियान चलाएका छन् । बेला–बेला उनी सो अभियानको कारण चर्चामा आउने गरेका छन् ।

यस्ताे छ गीतकाे भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट