रास्वपाको सचिवालय बैठक सोमबार बस्दै, यस्ता छन् एजेण्डाहरु-Sutra News

रास्वपाको सचिवालय बैठक सोमबार बस्दै, यस्ता छन् एजेण्डाहरु

आइतबार, १३ माघ २०८१

आइतबार, १३ माघ २०८१

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ। सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी बैठक आह्वान भएको रास्वपाले बताएको छ।



बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ। त्यस्तै विभिन्न नियमावलीहरूमाथि पनि छलफलको कार्यसूची छ। जसअन्तर्गत विभाग सञ्चालन नियमावली २०८१, संशोधन प्रस्ताव, नयाँ नियमावलीहरू प्रस्ताव संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ रहेका छन्।

तेस्रो कार्यसूचीमा सातै प्रदेशमा पदाधिकारीको नेतृत्वमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्नेबारे छलफल हुनेछ। चौथो कार्यसूची स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्धमा पनि सचिवालय बैठकले छलफल गर्दैछ।

सरकारले आगामी माघ १८ गते हिउँदे अधिवेशन बोलाएको छ। आगामी संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर पनि सचिवालय बैठकले एजेन्डा बनाएको छ।

पार्टीको सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको कार्यसूची पनि छ। यस्तै विविध कार्यसूचीमाथि पनि छलफल हुने रास्वपाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट