वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाकै सदस्य-Sutra News

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाकै सदस्य

आइतबार, १३ माघ २०८१

आइतबार, १३ माघ २०८१

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये एक जना राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य महेन्द्र पाण्डे भनिने महानन्द जैसी भएको रास्वपाले जनाएको छ ।



रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आक्रमणमा संलग्न भएको प्रमाणित भए तत्काल पार्टीले कारबाही गर्ने बताए ।

पक्राउ परेका महानन्द रास्वपा हुम्लाको संस्थापक उपसभापति हुन् । पछिल्लो समय उनी रास्वपा केन्द्रीय कार्यालयमा नियमित आउनेजाने गरेका थिए । सभापति रवि लामिछानेविरुद्ध कसैले तर्क गरेमा उनी आक्रामक हुने गरेको रास्वपाका एक नेताले जानकारि दिए । उनका अनुसार, अन्य दुई जना भने ललितकुमार केसी र शीतल उर्फ सीता राई भने पार्टी सदस्य नभएको रास्वपाले स्पष्ट पारेका छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरिएको थियो । यही माघ २ गते गरिएको आक्रमणविरुद्ध त्रिपाठीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट