काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आइतबार १०.४१ अंकले घट्दै बजार २६४३.९३ को बिन्दुमा ओर्लिएको छ ।
आइतबार पाँच समूहको सूचकमा सामान्य बृद्धि हुँदा ८ समूहको सूचक घट्यो । सबैभन्दा धेरै फाइनान्स समूहको सूचकमा गिरावट आयो । ४.७६ प्रतिशतले फाइनान्सको सूचक उत्पादन तथा प्रशोधनको सूचक १.६६ प्रतिशतले घट्यो ।
कारोबारमा आएका कम्पनीमध्ये ११६ को मूल्य बढ्दा १२१ को मूल्य घट्यो भने ६ को मूल्य स्थिर रह्यो ।
२ कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा ४ कम्पनीको मूल्य १० प्रतिशतले नै घट्यो ।
आज कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्विमा कम्पनी, नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्टलगायत शीर्ष स्थानमा रहे । परिसूचकमा गिरावट आएपनि आज नेप्समा कारोबार भने तुलनात्मक बृद्धि भयो । १ करोड ५७ लाख २० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँको भयो । जुन महिना यताकै उच्च हो ।
आइतबारको कारोबारले लगानीकर्ता सक्रिय भएको देखाउँछ । केही ठूला मानिएका क्यापको किनबेच उच्च भएको छ । जसले बजारलाई अगाडि बढाउने सम्भावनालाई बढाएको छ ।