काठमाडाैं । बलिउड अभिनेत्री ममता कुलकर्णी यतिबेला चर्चामा छिन् । यसको पछाडिको कारण उनले लिएकाे सन्यास हाे ।
उनले सन्यास लिएकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा आगोझैं फैलिएको छ, जसमा उनी पहेँलाे बस्त्रमा देखिएकी छिन् । अभिनेत्रीले जिउँदै पिण्ड दान गरेकी छिन्, जसमा उनी निकै भावुक पनि देखिएकी छन् ।
आफ्नो अभिनय करियरमा उनी फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवन र विवादका कारण चर्चामा आएकी थिइन् । आज जानौं नायिकाको सुरुदेखि सन्याससम्मको यात्राको बारेमा…
ममता कुलकर्णी एक अभिनेत्री हुन्, जो कुनै समय आफ्नो बोल्डनेसका लागि परिचित थिइन् । अहिले ममताले ग्लैमरको दुनियाँलाई अलविदा गरि भिक्षु बनेकी छिन् ।
रिपोर्टका अनुसार, अभिनेत्रीले संगममा आफ्नो पिण्ड दान अनुष्ठान पूरा गरिन् ।
अभिनेत्रीको नाम पनि परिवर्तन गरिएको छ । रिपोर्टका अनुसार ममताको नाम अब ‘श्री यमाई ममता नन्द गिरी’ राखिएको छ ।
सन् १९७२ मा जन्मिएकी ममता अफेयरका कारण पटक-पटक चर्चामा आए पनि उनले कहिल्यै विवाह भने गरिनन् । अभिनेत्री आफैंले इन्डिया टाइम्सलाई दिएको अन्तर्वार्तामा आफू अविवाहित भएको खुलासा गरेकी थिइन् ।
अभिनेत्रीले सन् १९९१ मा तमिल फिल्म ‘नानबर्गल’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘मेरा दिल तेरे पास है’ बाट बलिउडमा डेब्यू गरिन् । अभिनेत्री अन्तिम पटक सन् २००३ मा आएको फिल्म शेष बोङ्सो घरमा देखिएकी थिइन्, जुन बंगाली फिल्म थियो ।
ममताको विवादसँग गहिरो सम्बन्ध छ। उनी कहिले टपलेस फोटोसुटका कारण त कहिले अंडरवर्ल्ड डन छोटा राजनसँगकाे कारण विवादमा आएकी थिइन् । नायिकालाई बोल्ड एण्ड हट फर नोथ भनिन्छ ।
उनले एउटा म्यागजिनको कभर पेजका लागि टपलेस फोटोसुट गराएकी छिन् ।