काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् । त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएसंगै थुनछेक आदेश गर्नेछ ।