टोखामा माघ २२ देखि फाल्गुण ६ गतेसम्म एचपीभी खोप लगाइने-Sutra News

टोखामा माघ २२ देखि फाल्गुण ६ गतेसम्म एचपीभी खोप लगाइने

आइतबार, १३ माघ २०८१

आइतबार, १३ माघ २०८१

काठमाडौं । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान देशैभर सञ्चालनमा छ । विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप सरकारले पाइलट प्रोजेक्टको रुपमा सुरु गरेको छ ।



नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/०८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ । पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

यसैबिच टोखा नगरपालिकामा पनि माघ २२ गतेदेखि फाल्गुण ६ गतेसम्म खोप अभियान सञ्चालन हुने भएको छ । उक्त समयमा नगरका सबै विद्यालयहरुमा खोप कार्यक्रम सञ्चालन हुने नगर प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । कक्षा ६ देखि १० मा अध्ययनरत छात्रा र १०-१४ वर्ष उमेर समुहका सम्पुर्णलाई करिब ९ हजार किशोरीहरु प्रत्यक्षरुपमा लाभाम्बित हुने अनुमान गरिएको बस्यालले बताए ।

प्रवक्ता बस्यालका अनुसार आज (आइतवार) नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा पाठेघरको मुखको क्यान्सर रोग निवारण रणनीति र एचपीभी खोप सेवा सञ्चालन कार्यनीति अन्तर्गत स्थानीय तह खोप समन्वय समिति तथा संचारकर्मीहरुलाई खोप अभियान सम्बन्धि अभिमुखिकरण तथा बहस/पैरवी गोष्ठी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट