काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रिओपन सेसनमै सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको गिरावट आएको छ । प्रिसेसनमा १.६३ अंकले घट्दै नेप्से २६४२.३० को बिन्दुमा ओर्लिएको छ ।
परिसूचकमा सामान्य गिरावट आएपनि कारोबार रक मभने केही बृद्धि भयो । प्रिसेसनमा १५ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ५ लाख ७२ हजार रुपैयाँको भयो ।
प्रिसेसनमा कारोबारमा आएका २८ कम्पनीको मूल्य बढ्दा २८ कम्पनीकै मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
विशेषगरी यो सेसनमा हाइड्रो समूहका कम्पनीको किनबेच भएको छ ।
यसअघि बिहीबार दोहोरो अंकले घटेको नेप्से साताको पहिलो कारोबार दिन आइतबार पनि दोहोरो अंकले घटेको थियो । जसको प्रभावस्वरुप नेप्सेमा गिरावट आएको देखिन्छ ।
यद्यपि, कारोबार रकमका भएको उच्च बृद्धिले नेप्सेमा लगानीकर्ताहरु सक्रिय भइरहेको देखाउँछ ।