सत्तारुढ दलहरूको बैठक बस्दै-Sutra News

सत्तारुढ दलहरूको बैठक बस्दै

सोमबार, १४ माघ २०८१

सोमबार, १४ माघ २०८१
फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाएका हुन् ।



बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।

सत्तापक्षमा नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट