वर्तमान सरकारका कारण देश भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा बढ्यो : राप्रपा-Sutra News

वर्तमान सरकारका कारण देश भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा बढ्यो : राप्रपा

सोमबार, १४ माघ २०८१

सोमबार, १४ माघ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कांग्रेस–एमालेको वर्तमान सरकारको अपरिपक्वता र असन्तुलनले देश ढिलोचाँडो भूराजनीतिक चक्रव्यूहमा फस्नसक्ने खरता टड्कारो देखिएको आरोप लगाएको छ ।



राप्रपाले संसदका दुई ठूला दल नै आफ्ना उद्देश्यबाट च्यूत भएको आरोप लगाएको छ । पार्टीको यही माघ ११, १२ र १३ गते तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

राप्रपाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त भएको दाबी गरेको छ ।

राप्रपाले कांग्रेस र एमाले बहुदलीय व्यवस्थाको मूल्य, मान्यता, सिद्धान्त, प्रचलित अभ्यास र मर्मविपरित बहुदलीय व्यवस्था मासेर दुईदलीय सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको संकेत देखिरहेको पनि निष्कर्ष निकालेको छ । संसदलाई छलेर अध्यादेश ल्याइनु दुइदलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रुपमा रहेको पनि राप्रपाको आरोप छ ।

राप्रपाले अहिले वैदेशिक सम्बन्ध सञ्चालनमा अपरिपक्वता र असन्तुलन देखिएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट