धरौटी बदरको माग गर्दै उच्च अदालत पोखरा पुगे रवि लामिछाने-Sutra News

धरौटी बदरको माग गर्दै उच्च अदालत पोखरा पुगे रवि लामिछाने

सोमबार, १४ माघ २०८१

सोमबार, १४ माघ २०८१

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा ६५ लाख धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत पोखरामा निवेदन दिन पुगेका छन् ।



कास्की जिल्ला अदालतलका न्यायाधीश नीजित राईको इजलासले तोकेको धरौटी बदरको माग गर्दै लामिछाने सोमबार कास्की अदालत पुगेका हुन् ।

उच्च अदालत पोखराका उप–रजिस्ट्रार एवं सूचना अधिकारी निल प्रसाद पनेरुका अनुसार अहिले लामिछानेको निवेदन दर्ता हुने प्रक्रियामा छ ।

एउटा अदालतको आदेश चित्त नबुझेको खण्डमा उपल्लो तहको अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था अनुसार उच्च अदालतमा निवेदन लिएर लामिछाने पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट