अमेरिकाले वैदेशिक अनुदान रोक्दा सार्क राष्ट्रमा कस्तो असर पर्ला ?-Sutra News

अमेरिकाले वैदेशिक अनुदान रोक्दा सार्क राष्ट्रमा कस्तो असर पर्ला ?

सोमबार, १४ माघ २०८१

सोमबार, १४ माघ २०८१
trump

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दिदै आएको वैदेशिक सहायता रकम रोक्ने निर्णय गरेका छन् । योसंगै नेपाल, भारत लगाएत सार्क राष्ट्रहरुले पाउँदै आएका सहायता रकम अब नपाउँने भएका छन् ।



राष्ट्रपति ट्रम्पले यतिबेला ठूलो कदम चालेका छन् । ट्रम्प प्रशासनले सबै विदेशी सहायता कार्यक्रमहरूको समीक्षा सुरु गरिरहेका छन। यति मात्र होइन, अमेरिकी सरकारले अन्य देशलाई दिँदै आएको सहायता पनि रोकेको छ ।

अमेरिकी सरकारले अन्य देशलाई दिइने सहायता निलम्बन र समीक्षा गर्न आदेश दिएको छ । यो सहायता ‘अमेरिका फर्स्ट’ एजेन्डा अन्तर्गतको विदेश नीति अनुरूप छ कि छैन भनी सुनिश्चित गर्न समीक्षा गर्न आदेश दिइ सकिएको छ। रास्ट्रपति ट्रम्पले यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भनेका छन, ‘राष्ट्रपति ट्रम्पले अमेरिकी जनताले सहयोगको बदलामा केही नपाएको खण्डमा अमेरिकाले अन्धाधुन्ध पैसा नदिने स्पष्ट रूपमा भनेका छन् । कडा परिश्रम गर्ने करदाताहरूको लागि वैदेशिक सहायताको समीक्षा र पुन: क्यालिब्रेट गर्नु उपयुक्त मात्र होइन, यो नैतिक रूपमा पनि आवश्यक छ। ”

ट्यामीले भनेका छन, “सरकारले सबै विदेशी सहायता कार्यक्रमहरूको समीक्षा सुरु गरिरहेको छ कि यो सहायता ‘अमेरिका फर्स्ट एजेन्डा’ अन्तर्गत अमेरिकी विदेश नीतिसँग मेल खान्छ कि खादैन भनेर भारतलाई ४५ अर्ब बराबरको विदेशी सहायता वितरण गरिएको थियो।”

सार्क राष्ट्र अन्तर्गत बंगलादेशलाई ४० करोड अमेरिकी डलर, पाकिस्तानलाई २३१ मिलियन अमेरिकी डलर, अफगानिस्तानलाई १ अर्ब अमेरिकी डलर, भारतलाई १७५ मिलियन अमेरिकी डलर, नेपाललाई ११ करोड ८० लाख अमेरिकी डलर र श्रीलंकालाई १२३ मिलियन अमेरिकी डलर सहयोग समावेश गरिएको थियो। ट्रम्पले अब यी सबै देशहरूलाई दिइदै आएको सहयोगमा पुनरावलोकन गर्न आदेश दिएका छन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट