प्रधानमन्त्रीको आरोप : प्रचण्डले सरकारको नेतृत्व गर्दा मुलुकको आर्थिक ढुकुटी रित्याए-Sutra News

प्रधानमन्त्रीको आरोप : प्रचण्डले सरकारको नेतृत्व गर्दा मुलुकको आर्थिक ढुकुटी रित्याए

सोमबार, १४ माघ २०८१

सोमबार, १४ माघ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाएका छन् ।



सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् । उनले मुलुक आर्थिक र सामाजिक रूपमा अफ्ठ्यारोमा परेको कारण संसद्का दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।

मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरू बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे । केही अराजक तत्वहरूले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने उल्लेख गरे ।

मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्‍याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट