आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

मंगलबार, १५ माघ २०८१

मंगलबार, १५ माघ २०८१

आज मिती २०८१ साल माघ महिनाको १५ गते मंगलबार तदनुसार जनवरी महीनाको २८ तारीख सन् २०२५, माघ कृष्ण पक्षको चतुर्दशी तिथी एवं नेपाल नर्सिङ्ग दिवस, आज बिहान ६ बजेर ५२ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ४१ मिनेटमा अस्ताउने छ ।



मेष राशी: रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहनुका साथै रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नुका साथै नयाँ कामको प्रस्ताव आउनेछ। खर्च बढेपनि मनग्य धन आर्जन हुनाका साथै विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।

बृष राशि: नँया कामको अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने तथा अवसरवादीहरूले फसाउने चेष्टा गर्ने समय छ । अरूका लागि खर्च बढ्न सक्ने सम्भावना रहनुका साथै आस देखाउनेहरूको विश्वासमा नपर्नुहोला। आफ्ना काममाथि अरूको निगरानी हुन सक्छ। व्यावसायिक काममा केही बाधा पर्न सक्ने देखिन्छ ।

मीथुन राशि: आम्दानी बढ्नाले उत्साह जाग्नुका साथै पेसा–व्यवसायमा विशेष लाभ हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। साझेदारीबाट लाभ मिल्नुका साथै सहयोगीहरू पनि जुट्नेछन्। श्रमको उचित मूल्य पाइनुका साथै नयाँ कामतर्फ लगानी बढाउन सकिनेछ। लेनदेन तथा आर्थिक काराेबारमा फाइदा हुनेछ।

कर्कट राशि: चिताएको काम छिटै सम्पादन हुनका साथै सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनुका साथै आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने समय रहेपनि सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्ने तथा कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

सिंह राशि: नँया काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनुका साथै दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नुका साथै सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

कन्या राशि: स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने योग छ। सोचेको समयमा काम नबन्न सक्ने तथा आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ने तथा समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

तुला राशी: प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनुका साथै व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। उपभोग्य भौतिक वस्तु किनमेल गर्ने समय हुनुका साथै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। अतिथिका रूपमा सत्कार पाइनुका साथै आम्दानी बढाउने काम गर्न सकिनेछ। साथीभाइकाे सहयोग जुट्नेछ।

बृश्चिक राशि: बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल हुनुका साथै प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विभिन्न भौतिक साधन पनि जुटाउन सकिनेछ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।

धनु राशि: सुखद समाचारले उत्साह जगाउनुका साथै बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। दिगो काम थाल्ने समय छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ।

मकर राशि:आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानुका साथै पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्ने तथा श्रम गरेपनि उचित मूल्य प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्ने समय रहेको छ ।

कुम्भ राशि: सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मेहनत गर्दा प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनुका साथै गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी हुने समय रहेपनि कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्तै धन आर्जन हुनेछ।

र, मिन राशि: मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुने तथा विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनाले रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका छ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ भने तपाईका कामको धेरैले तारिफ गर्नेछन्। बोलीको भरमा काम सम्पादन हुने समय छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार