प्रिसेसनमा बढ्यो नेप्से-Sutra News

प्रिसेसनमा बढ्यो नेप्से

मंगलबार, १५ माघ २०८१

मंगलबार, १५ माघ २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको बृद्धि भएको छ । प्रिसेसनमा १.७९ अंकले बढ्दै नेप्से २६३५.०६ बिन्दुमा पुगेको छ ।



परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ । यो सेसनमा १६ हजार ७७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड १९ लाख ५५ हजार रुपैयाँको भयो ।

विशेषगरी यो सेसनमा हाइड्रो र फाइनान्स क्षेत्रका कम्पनीहरुको सेयर किनबेच भयो ।

कारोबारमा आएका कम्पनीमध्ये २७ को मूल्य बढ्दा २७ कै मूल्य घट्यो भने १ को मूल्य स्थिर रह्यो ।

सेयर बजार तीन कारोबार दिनदेखि लगातार ओरालोमा छ । बजारमा लगातार दोहोरो अंकले बजार घटिरहेको छ ।

मंगलबारको प्रिसेसनको कारोबारले भने बजारमा बढ्ने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार