काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबार सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
यसअघि आइतबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको थियो ।
मूल्य घटेसँगै मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि निरन्तर ओरालोमा छ । पछिल्लो तीन कारोबार दिनको बिचमा नै चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ ।
सोमबारको तुलनामा मंगलबार प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । मूल्य घटेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम भएको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २७४२ डलरमा किनबेच भइरहेको छ ।