फेरि नेप्सेमा छायो हरियाली, अबको यात्रा कता ?-Sutra News

फेरि नेप्सेमा छायो हरियाली, अबको यात्रा कता ?

मंगलबार, १५ माघ २०८१

मंगलबार, १५ माघ २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । मंगलबार २४.५० अंकले बढ्दै नेप्से २६५७.७७ को बिन्दुमा उक्लिएको छ ।



दोहोरो अंकले नेप्से बढ्दै गर्दा सबैजसो समूहको सूचकमा हरियाली छायो । सबैभन्दा बढी विकास बैंकको सूचक ४.०७ प्रतिशतले बढ्दा सबैभन्दा कम जीवन बिमाको सूचक ०.०८ प्रतिशतले बढ्यो ।

आज कारोबारमा आएका कम्पनीमध्ये १७७ को मूल्य बृद्धि हुँदा ६० को मूल्य घट्यो भने ६ को मूल्य स्थिर रह्यो ।

उच्च अंकले नेप्से बढ्दै गर्दा आधा दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो । उपकार लघुवित्त, सिक्लेस हाइड्रो, थ्रि स्टार हाइड्रो, जानकी फाइनान्स, न्यादी हाइड्रो र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत हाराहारीले बृद्धि भएको हो ।

आज कारोबार रकममा पनि बृद्धि भएको छ । १ करोड ९६ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँको भयो । जुन केही महिनायताकै उच्च हो ।

यसअघि लगातार तीन कारोबार दिन नेप्सेमा गिरावट चलेको थियो । बिहीबार ११.१० अंकले घटेको नेप्सेमा आइतबार १०.४१ र सोमबार १०.६६ अंकको गिरावट आएको थियो ।

तर, मंगलबारको बृद्धिले भने नेप्सेमा बाउन्स ब्याकको देखाउँछ । यसले नेप्सेमा करेक्सन तह पनि सकिएको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट