‘एक्टर टेक वान’को रिलिज रोक्न अदालतको अल्पकालीन आदेश-Sutra News

‘एक्टर टेक वान’को रिलिज रोक्न अदालतको अल्पकालीन आदेश

मंगलबार, १५ माघ २०८१

मंगलबार, १५ माघ २०८१

काठमाडौं । शुक्रबार हुने भनिएकाे चलचित्र ‘एक्टर टेक वान’को रिलिज राेकिएकाे छ । चलचित्र ‘एक्टर टेक वान’विरूद्ध परेकाे रिटमाथि सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले चलचित्रको रिलिज २२ माघसम्म रोक्न अल्पकालीन आदेश दिएको हो ।



शुक्रबार चलचित्र ‘एक्टर’ निर्माणपक्षले चलचित्र ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट निवेदन दायर गरेको थियाे । रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका छन् ।

चलचित्रको रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।

अदालतले उनको माग बमोजिम तत्काल अन्तरिम आदेश नदिएर अल्पकालीन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट