काठमाडाैं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ५० भन्दा बढी घाइते रहेकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।
भास्कर दैनिकले जनाएअनुसार १४ वटा शव पोस्टमार्टमको लागि ल्याइएको छ भने ५० जनाभन्दा बढी घाइतेलाई अस्पताल लगिएकाे छ ।
भागदौडकाे घटनापछि सबै १३ अखडामै अमावस्याको अमृत स्नान रद्द गरेका गरिएकाे छ ।
जनाइएअनुसार हल्लाका कारण संगम नाकमा भागदौड मच्चिएकाे थियाे । अहिले साे क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको थियो।
भीड अझ बढ्न नदिन, भक्तजनहरूलाई प्रयागराज शहरमा पनि प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। यसका लागि शहरको सीमासँग जोडिएका जिल्लाहरूमा प्रशासनलाई सतर्क राखिएको छ।
आज महाकुम्भमा मौनी अमावस्या स्नान छ, जसका कारण शहरमा करिब ५ करोड भक्तजनहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। प्रशासनका अनुसार आज राति अबेरसम्म संगमसहित ४४ वटा घाटमा ८ देखि १० करोड भक्तजनले पवित्र स्नान गर्ने अपेक्षा गरिएको छ।
यसको एक दिन अघि, अर्थात् मंगलबार, ५.५ करोडभन्दा बढी भक्तजनहरूले संगममा डुबकी लगाएका थिए। सम्पूर्ण शहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन्।