काठमाडौं । लगातार तीन कारोबार दिन घटेको सुनको मूल्यमा साताको चौथो कारोबार दिन (बुधबार) ह्वात्तै बृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला १ हजार ४ सय रुपैयाँले भाउ बढेको हो ।
मूल्य बढेसँगै बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य १ लाख ५९ हजार २ सय रुपैयाँ थियो ।
महासंघका अनुसार यसअघि आइतबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको थियो भने मंगल ९ सय रुपैयाँले मूल्य घटेको थियो । तीन कारोबार दिनकै बिचमा सुनको मूल्य १४ सय रुपैयाँले सस्तिएको थियो ।
सुनको मूल्य बढेसँगै स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले बढ्दै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य चार कारोबार दिनदेखि लगातार ओरालोमा थियो ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २ हजार ७६२ डलरमा किनबेच भइरहेको छ ।