काठमाडौं । अमेरिकाले अवैध आप्रबासीलाई आफ्नै देश फर्काउने अभियान थालेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
सो निर्णयका आधारमा अमेरिकाले १४ लाख ४५ हजार ५४९ जना आप्रबासीलाई घर फर्काउने भएकाे हाे । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईईसी) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने जनाएको हो ।
अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाबाट निष्कासित हुनेमा सबैभन्दा बढी होन्डुरिसका नागरिकका छन् । होन्डुरिसका मात्रै २ लाख ६१ हजार ६५१ जना निष्कासनको सूचीमा परेका छन् ।
यस्तै, ग्वाटेमालाका दुई लाख ५३ हजार चारसय १३, मेक्सिकोका दुई लाख ५२ हजार ४४ र एल साल्भाडोरका दुई लाख तीन हजार आठ सय २२ जना छन्।
उत्तरी छिमेकी देश चीनका ३७ हजार ९०८ जना निष्कासनको सूचीमा परेका छन् भने भारतका १७ हजार ९४० जना परेका छन् ।
कुन देशबाट कति ?