एचपीभी खोप अभियान : सद्भनावना दूतमा मनीषा कोइराला-Sutra News

एचपीभी खोप अभियान : सद्भनावना दूतमा मनीषा कोइराला

बुधबार, १६ माघ २०८१

बुधबार, १६ माघ २०८१

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका निम्ति कलाकार मनीषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ। उनलाई आगामी दुई वर्षका निम्ति सद्भावना दूत तोकिएको हो।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार घोषणा समारोहबीच दुई पक्षबीच सम्झौता गरिएको हो। सम्झौतापत्रमा कलाकार कोइराला र मन्त्रालयका तर्फबाट स्वास्थ्यसचिव डा. रोशन पोख्रेलले हस्ताक्षर गरेका छन्।

विश्वसनीय चेहराबाट प्रचार गर्दा अभियान सफल हुने विश्वासका साथ कलाकार कोइरालालाई सद्भावना दूत छनोट गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए। सम्झौतापत्रमा हस्ताक्षर गर्दै कलाकार कोइरालाले खोप अभियानमा र दुई वर्षसम्म नै सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियानका निम्ति सबै खोप केन्द्रमा खोप पुगिसकेको मन्त्री पौडेलले जानकारी दिए। अभियानमा १०–१४ वर्षसम्मका करिब १७ लाख बालिकालाई यो खोप दिइँदै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट