बालेन ! महानगरभित्रका कर्पोरेट अफिस र होटेललाई चक्रपथ बाहिर कहिले स्थातान्तरण गर्ने ?-Sutra News

बालेन ! महानगरभित्रका कर्पोरेट अफिस र होटेललाई चक्रपथ बाहिर कहिले स्थातान्तरण गर्ने ?

बुधबार, १६ माघ २०८१

बुधबार, १६ माघ २०८१

काठमाडौं । अहिले काठमाडौं महानगरपालीका भित्रका अधिकांश सार्वजनिक कार्यलय (सरकारी/अर्धसरकारी/सस्थान/अस्पताल)हरुमा पार्किङको व्यवस्था छैन। दैनिक जसो पैतिस सय देखि चार हजार सेवाग्राहीलाई सेवा दिने जिल्ला प्रशासन कार्यलय र जिल्ला अदालत भित्र पार्किङस्थल सानो छ । त्यहाँ मुस्किलले सय वटा मोटरसाइकल अट्दैन । अझ गाडीको लागि त पार्किङ नै छैन । त्यति पार्किङ क्षेत्र त त्यहिका कर्मचारीहरुलाई ठीक्क छ। सेवाग्राहीहरुको लागि पार्किङस्थल छैन। अझ मालपोत कार्यलय डिल्लीबजार, चारखाल अड्डामा त पार्किङस्थल नै छैन। सेवाग्राहीले बाइक र गाडीहरु सडकमा राख्नुपर्ने बाध्यता छ । रोडमा पार्क गर्दा कतिबेला ट्राफिकले आएर व्हिल लक लगाएर एक हजार जरिवाना तिराउछ टुंगो हुँदैन ।



सिंहदरबारभित्र रहेका अधिकांश मन्त्रालय र संस्थानभित्र भने मौजुदा पार्किङस्थले धानेको अवस्था छ । सिंहदरबार बाहिर रहेका कुनै पनि सरकारी कार्यलय, सस्थान, सरकारी अस्पतालहरुमा पार्किङ अभावले सेवाग्राहीमा अन्योलता सिर्जना भएको छ।

पार्किङ अभाव हुनाको कारण र समाधानको उपाय :

१. नयाँ बनिरहेका जतिपनी नीजि तारे होटेल, निजि अस्पताल, नीजि बोर्डिङ स्कुल, रेस्टुरेन्ट, सपिङ मल, सपिङ कम्प्लेक्स, ठुला हाउजिङ कम्प्लेक्सलाई चक्रपथ भित्र निर्माणका लागि निरन्तर स्वीकृत दिनु र निरन्तर निर्माण भैरहनुले यो भयावह अवस्था सिर्जना गरिरहेको छ । ठुला-ठुला भवनहरु निरन्तर थपिएको कारण महानगरभित्र व्यापक सहरीकरण बढीरह्यो। जनसंख्या यहि भित्र थुप्रीयो र ठुलो जनसंख्यालाई मौजुदा कर्पोरेट अफिस र सार्वजनिक सेवा प्रदायक कार्यलभित्र रहेको पार्किङ स्थलले धान्न नसक्ने भयो।

अबका दिनहरुमा महानगरपालिका भित्र बन्ने कुनै पनि सार्वजनिक कार्यलय निर्माण स्वीकृत नदिइ तिनीहरूलाई कम्तिमा पनि चक्रपथ बाहिर आठ देखि दस किलोमिटर पर निर्माण गर्न स्वीकृत दिनुपर्छ । यसो गरियो भने कमसेकम काठ एरियाको बिकास निर्माणमा यस्ले सहयोग पनि पुर्याउछ।

२. व्यापारीहरु जहाँ मानिसको ठुलो बस्ती छ त्यही आफ्नो व्यापार बिस्तार गर्न खोज्छन् । उनीहरू जनताले दैनिकी भोगिरहेका दुखसँग भन्दा पनि नाफासँग सरोकार राख्छन।

महानगरपालिका भित्र २०७२ सालको भुकम्प पछि व्यापक रूपमा ठुला व्यापारीक भवन, अस्पताल होटेल बन्यो। यसले गर्दा सहर सहर नभएर गल्लिमा परिवर्तन हुँदै गयो। भुकम्प बिर्सिए सबैले अग्ला भवन निर्माण गर्न नपाउने मापदण्ड केही समय लागू भयो। अहिले फेरि समस्या जस्ताको तस्तै छ।

भूगर्भविदहरुले बारम्बार भनिरहेका छन् काठमाडौं खाल्डो एउटा बम जस्तै हो, कतिबेला बिस्फोट हुन्छ टुंगो छैन। जहाँ अति जनसंख्याको चाप पर्छ त्यहाँ प्राकृतिक कुराहरूको दोहन ह्वात्तै बढ्छ। जहाँ धेरै जनसंख्या छ त्यहाँ धेरै कुराको अभाव हुँदै जान्छ। अहिले देखिएको पार्किङस्थलको अभाव महानगरभित्र अत्याधिक जनसंख्याको चाप नै हो।

३. जहाँ धेरै सुविधा छ मानिस त्यही बस्न चाहन्छन। महानगरभित्रको यो सुविधालाई महानगरको गल्लीबाट अलिक पर स्थान्तरण गरिहाल्नुहोस मेयरज्यू ! अहिले तिम्रो सहरको गल्ली भित्र साग बेच्ने ठाउँ पनि सक्किसक्यो। बाहिर घाम ताप्ने चोक पनि छैन। फेरि पनि ७२ सालको भुइचालो दोहोरियो भने पहिलाको भन्दा तेब्बर मानिस हताहत हुन्छन् । लिच्छविकाल, मल्लकाल र शाह शासनकालमा बनेका संग्राहालय र धरोहर बिस्तारै लोप हुँदैछन । ती धरोहरलाई तिम्ले फेरि पुर्नजीवन दिनुनै छ मेयर बालेन ।

४. महानगरभित्रबाट नीजि अस्पताल, नीजि बोर्डिङ स्कुल, तारे होटेल, सपिङ मलहरुलाइ क्रमशः चक्रपथ बाहिर स्थातान्तरण गर्दैजानुस् । यहि गतिमा यहाँ भित्र भौतिक संरचना निरन्तर थपिरहने हो भने पार्किङ स्थल मात्रै होइन सडकमा गाडी रोक्किने छन, मानिससँग मानिस ठोक्किने छन, अक्सिजनको अभावमा जनता बिरामी हुन थाल्नेछन। ढाकाको मोतिझिल र फकिरापुल जस्तै फोहोर गल्लीमा कान्तिपुर नगरी परिणत हुनेछ ।

५. सवारी साधनको अत्याधिक चाप त्यही हुन्छ, जहाँ अत्याधिक मानिस बसोबास गर्छन, जहाँका मानिसहरु १५ मिनेट हिँडेर पुग्ने बाटोमा पनि सवारी साधन प्रयोग गर्छन र बाटो जाम गराउँछन। जहाँ खुला छ जहाँको बाटोघाटो पूर्ण रूपमा निर्माण भएको छैन ती स्थानको बिकासको लागि पनि सहरीकरणलाई व्यवस्थित गर्नु आजको आवश्यकता पनि हो।

अहिले जति पनि सुविधाजन्य अस्पताल, तारे होटेल, सरकारी भवनहरु छन् ती सबै महानगर भित्रको पेरिफेरीमा छन् । त्यही कारण पनि यहाँ भित्र जनसंख्याको अत्याधिक चाप छ।

अब बन्ने ठुला कर्पोरेट भवनहरु, होटेल, सपिङ कम्प्लेक्स, सिनेमा घर, अस्पताल, स्कुल कलेजका भवनहरु, सरकारी भवनहरु, मिल तथा उद्योग निर्माणका लागि स्वीकृति बन्द गरि ती सबैलाई चक्रपथ बाहिर कम्तीमा ५-१० किलोमिटर दुरि पर निर्माणका लागि प्रोत्साहन गरौ । यो गरियो भने महानगर भित्रको जनसंख्या पनि बिस्तारै कम हुन्छ, गाडीको अत्याधिक चाप कम हुन्छ। पार्किङ स्थल, चौर , खानेपानी समेतले यहाँको जनसंख्यालाई पुर्याउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट