काठमाडौं । पछिल्लो समय समाजवादी मोर्चाले आफ्नो गतिविधिहरुलाई सक्रिय बनाएको छ । सोहि अनुरुप मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ ।
बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने ।
त्यस्तै, नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ उनले जानकारी दिए ।