विमान दुर्घटना हुँदा २० जनाको मृत्यु-Sutra News

विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

बुधबार, १६ माघ २०८१

बुधबार, १६ माघ २०८१

काठमाडौं । दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन् ।



राजधानी जुबाका लागि उडेको विमान स्थानीय समयअनुसार करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो ।

‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जनामात्र बाँचेका छन्’, गतवेच विपालले भने ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए ।

उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए । रासस /एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट