काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक भोलि (बिहीबार) बोलाईएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा विपक्षी दलहरुको बैठक भोलि विहान ९ बजे बस्ने भएको हो ।
बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने बताईएको छ । सदनको हिउँदे अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि संसदमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने विपक्षी दलहरुको रणनीति छ ।
सरकारले विभिन्न अध्यादेश ल्याएको छ । ती अध्यादेशलाई लिएर विपक्षी दलहरुले विरोध जनाईरहेका छन् ।