सुनको मूल्यमा सामान्य करेक्सन-Sutra News

सुनको मूल्यमा सामान्य करेक्सन

बिहिबार, १७ माघ २०८१

बिहिबार, १७ माघ २०८१

काठमाडौं । साताको पाँचौं कारोबार दिन (बिहीबार) स्थानीय बजारमा सुनको मूल्यमा सामान्य करेक्सन आएको छ ।



लगातार तीन कारोबार दिन घटेको सुनको मूल्य बुधबार उच्च दरले बढेको थियो । तर, बिहीबार भने प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य घटेसँगै बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बुधबारको तुलनामा चाँदी आज प्रतितोला ३० रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ८८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य बुधबारदेखि नै उकालोमा छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २७६० डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट