टोल-टोलमा नागरिकका गुनासो सुन्दै सांसद खनाल-Sutra News

टोल-टोलमा नागरिकका गुनासो सुन्दै सांसद खनाल

बिहिबार, १७ माघ २०८१

बिहिबार, १७ माघ २०८१

काठमाडौं । पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनाल आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या र गुनासो सुन्दै टोलटोलमा पुगेका छन् । सोकि क्रममा बिहीबार (आज बिहान) टोखा नगरपालिका वडा नम्बर १० अन्तर्गत प्रगतिनगर र प्रयास नगरका स्थानीय टोलवासिहरुको समसामयिक समस्या र गुनासा सुनुवाइ कार्यक्रममा सहभागी भएका छन् ।



स्थानीय टोलवासीहरुको खानेपानी अभाव र मेलम्चीको पानी वितरण सम्बन्धि उठेका जिज्ञासा सम्बन्धमा उनले मेलम्चीको पानी चक्रपथ बाहिरका जनताको लागि नभएर चक्रपथ भित्रका उपभोक्ताको लागि मात्रै भनेर योजना तयार गरेर त्यही किसिमको संरचना (मेकानिजम) गरिएको थियो। अब चक्रपथ बाहिरका जनताको लागि भनेर मेलम्ची दोस्रो परियोजना सम्बन्धि काम भैरहेको र चिनियाँ कम्पनीसंग आफ्नो प्रत्येक्ष कुराकानी भैरहेको बताएका छन् ।

सांसद खनालले आफू स्थानीय नागरिकको समस्या समाधान गर्नतर्फ निरन्तर लागिरहेको र पार्टीको आगामी अधिवेशनका लागि पुर्व तयारीमा जुट्न स्थानीय प्रतिनिधिहरुलाइ अनुरोध गर्दै पार्टीले भोलिदेखि चल्दै गरेको सदनमा सरकारले ल्याएको अध्यादेश सम्बन्धमा खुलेर बिरोध गर्ने बताएका छन् ।

जमिनको सतह अनुसार चक्रपथको सर्भिस लेन मुनिबाट लगिएको ढल निकासको इन्जिनियरिङका कारण वर्षा याममा यो क्षेत्रको कतिपय घरहरू डुबानमा परेकोले उक्त समस्या सम्बन्धमा स्थानीय वडा प्रतिनिधिहरुले माननीय खनाललाई समस्या समाधानका लागि पहल गरिदिन समेत अनुरोध गरेका छन् । उक्त कार्यक्रममा टोखाका वडा नम्बर ९, १० र ११ का प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट