काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकार भोलिदेखि विपक्षी दलहरुको घेराबन्दीमा पर्ने बताएका छन् ।
बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले जनताको घेराबन्दीले सरकार आतङ्कित भएका बेला भोलिदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा विपक्षी दलहरूको समेत घेराबन्दीमा पर्ने जिकिर गरेका छन् ।
दुई तिहाइको सरकार भए पनि सरकार निकै कमजोर भएको सापकोटाको भनाइ छ । सरकार बनेको दिनदेखि नै केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको दाबी गरे ।
उनले ओली सरकार सदनदेखि भागिरहेको आरोप लगाउँदै सरकारले ल्याएको अध्यादेशमा बदनियत पूर्ण विषय भएको बताए ।