आज मिती २०८१ साल माघ महिनाको १८ गते शुक्रबार तदनुसार जनवरी महीनाको ३१ तारीख सन् २०२५, माघ शुक्ल पक्षको द्वितीया तिथी, आज बिहान ६ बजेर ५० मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ४३ मिनेटमा अस्ताउने छ ।
मेष राशी: आजको दिन आफू कमजोर भएको अनुभूति हुनसक्छ । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने योग छ । अप्रिय समाचारले मन खिन्न रहने हुनाले महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने कोशसि गर्नु उचित हुनेछ । मित्रजनको सहयोगबाट आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष राशि: अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन हुनाका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । तर, विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने सम्भावना छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बौद्धिक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि: आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने हुनाले सचेत रहनुहोला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । पराक्रम बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुने समय रहेको छ ।
कर्कट राशि: कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनुका साथै परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर, समयमा होश नपुग्नाले खर्च बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । आजको दिन व्यवसायमा जोखिम बढ्नेछ ।
सिंह राशि: प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने समय हुनुका साथै रमाइलो यात्राको मौका जुर्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । आरोग्यता र प्रेमभाव बढ्नुका साथै कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि: श्रमको उचित मूल्यांकन हुन नसक्ने समय रहेकोले न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने दिन छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । आकस्मिक खर्च बढ्ने योग छ । आरोग्यबल बढ्नुका साथै प्रेमभाव वृद्धि एवम् यात्राजन्य कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशी: तपाईका लागि आजको दिन खासै उत्साहजनक नरहन सक्छ । काम बिग्रने भयले सताउनुका साथै लगानी, दौडधुप, श्रम र प्रयत्न निष्फल बन्नसक्ने योग छ । स्वादिष्ट भोजनको अवसर जुरेपनि सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, ध्यान राख्नुहोला ।
बृश्चिक राशि: रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्नसक्छन्, काममा रोकावट र मानसम्मानमा आघात पार्ने कोशिस हुन सक्छ, तर जित तपाईंकै हुनेछ । लेखन तथा अध्ययन-अध्यापनमा भने त्यति समय दिन नसकिएपनि आफन्तको साथ सहयोग प्राप्त हुनेछ ।
धनु राशि: गरिएका कर्मको उचित प्रतिफल पाइने समय रहेकाले शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ, तर यात्राको व्यवस्थापनमा खर्च हुने देखिन्छ । प्रतिस्पर्धामा लापर्वाही गर्दा निकै नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ, ध्यान राख्नुहोला । कृषिकर्ममा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्न सक्छ ।
मकर राशि: सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनुका साथै व्यापारमा पनि फाइदा नै हुने देखिन्छ । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग भएकोले सबल स्वास्थ्यका लागि विशेष ध्यान राख्नु उचित हुनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । सामर्थ्य वृद्धि हुनाका साथै नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि: शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने समय छ । सफलताका लागि थप प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । व्यक्तिगत कमी-कमजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर हुनेछ ।
र, मिन राशि: व्यस्तता बढ्नुका साथै ग्रहयोगले काममा अवरोध आउने देखिएपनि प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । आयआर्जन पनि राम्रै हुने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनाका साथै पारिवारिक जमघटमा मन रमाउनेछ ।