काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेश गलत भन्दै हिँडेको देख्दा अचम्ममा परेको बताएका छन् । एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
“अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेश गलत भन्दै छ, यो के हुन लागेको हो ? अचम्मै भएको छ”, उनले भनेका छन् ।
अध्यादेश ल्याउनु नौलो कुरा नभएको बताएका भट्टराईले भारतमा पनि सरकारले चाहिँदा अध्यादेश ल्याएको उदाहरण दिए ।
“अध्यादेश ल्याउनु नौलो कुरा हैन । विगतमा हेर्दा विपक्षी दलका नेता प्रधानमन्त्री भएको बेला ०७९ पछि उहाँले तीनवटा अध्यादेश ल्याएर १४ वटा कानुन संशोधन गर्नुभयो । केपी ओलीले मात्र अध्यादेश ल्याएको हैन । नियमित प्रक्रिया हो”, उनले भनेका छन्, “अध्यादेशको प्रक्रियामा कसैले विरोध जनाउनु पर्दैन । कन्टेन्टमा हामीसँग केही असहमति छन् भने पुष्पकमल दाहालकै नामबाट संशोधन आओस्, छलफल गरौँ ।