अमेरिकामा फेरि अर्को विमान दुर्घटना !-Sutra News

अमेरिकामा फेरि अर्को विमान दुर्घटना !

शनिबार, १९ माघ २०८१

शनिबार, १९ माघ २०८१

काठमाडौं । विमान र सेनाको हेलिकोप्टर आकाशमा ठोक्किएर दुर्घटना भएको एक साता नवित्दै अमेरिकामा अर्को विमान दुर्घटना भएको छ । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार एक नीजि विमान दुर्घटना भएको हो ।



अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सो दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लियरजेट–५५ विमान चार माइल उडेपछि घना वस्ती भएको सहरमा खसेको थियो । जहाजमा चारजना चालक दलका सदस्य र एकजना बिरामी बालक र बालकको हेरचाहका लागि एकजना सवार रहेका थिए ।

समाचारमा जनाइएअनुसार दुर्घटना भएको लियरजेट– ५५ मेडिकल विमान एयर एम्बुलेन्स हो । विमान मिसौरीको स्प्रिङफिल्ड–ब्रान्सन विमानस्थल जाँदै थिए । जहाज दुर्घटना भएको भिडिओ सामाजिक सञ्जाल र अमेरिकी मिडियाहरूमा सार्वजनिक गरेका छन् ।

भिडिओमा विमान आकाशबाट तीव्र गतिमा खसेर सहरको बीचमा बजारिएको देखिन्छ । विमान खसेलगत्तै ठूलो आवाजमा विस्फोट भएको थियो । विस्फोटसँगै विमानका टुक्राहरू यत्रतत्र छरिएको दृश्य भिडियोमा देखिन्छ ।

विमानका टुक्राहरू नजिकका घर र कारमाथि खसेका छन् । दुर्घटना स्थल वरपर भएका मानिसहरू हताहति भएको आशंका गरिएको छ । यद्यपि, बाहिर रहेका मानिसहरुको मृत्यु भएको विवरण भने सार्वजनिक भएको छैन ।

दुर्घटनास्थल नजिक रहेको रुजवेल्ट मल र त्यसवरपर पार्किङ गरी राखिकएका गाडीहरूमा क्षति पुगेको समाचारमा उल्लेख छ । विमानमा रहेकामध्ये कोही पनि जिवित नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट