हामी यो सरकार ढालेर अर्को बनाउने खेलमा छैनौं : नारायणकाजी श्रेष्ठ-Sutra News

हामी यो सरकार ढालेर अर्को बनाउने खेलमा छैनौं : नारायणकाजी श्रेष्ठ

शनिबार, १९ माघ २०८१

शनिबार, १९ माघ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो सरकार ढालेर अर्को बनाउने खेलमा नरहेको बताएका छन् । अर्घखाची पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले माओवादी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताए ।



साथै उनले नेकपा एमालेसँग अब कुनै सहकार्यको सम्भावना नरहेको बताएका छन्।

उनले भने, ‘हामीले जनताले सचेत गराएको कुरालाई राखेका हौं। त्यसलाई लिएर माओवादीलाई सरकारमा जान हतारो रहेछ भन्न मिल्दैन नि। हामी जेसुकै गर, देश डुबेपनि डुबोस् भनेर बस्न त सक्दैनौं नि। हामी सशक्त प्रतिवाद गर्छौँ। हामी यो सरकार ढालेर अर्को बनाउने खेलमा छैनौं।’

उनले अब सरकारमा गएर काम गर्ने अवस्था नभएसम्म माओवादी सरकारमा नजाने दाबी गरे। उनले सरकारलाई दबाबमा राख्नको लागि विपक्षी दलहरुको मोर्चा र समाजवादी मोर्चा बनाएको उनले प्रष्ट्याए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट