काठमाडौं । संघीय राजधानि काठमाडौं पछिल्लो समय ‘बालेन सिटी’को नामले परिचित छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट बालेन्द्र शाह (बालेन) निर्वाचित भए पश्चात उनको कामलाई लिएर देशैभर चर्चा परिचर्चा भयो । देशभर ७५३ स्थानीय तह सञ्चालनमा छन् । तर मेयर भनेको बालेन हो भने जसरी यत्रतत्र उनकै मात्र चर्चा हुने गर्दछ ।
युवा त्यसमा पनि स्वतन्त्र बालेनले थुप्रै सुधारका प्रयास गरिरहेका छन् । तर पनि बढ्दो जनघनत्वका कारण बालेनसिटि भित्र अनेकौं समस्याहरु पनि थपिदै गएका छन् । अरु समस्याले त ज्यान खतरामा नपर्ला तर सडकमा लत्रीएको बिजुली र टेलिफोनको तारले भने सडक उपयोग गर्ने मानिसलाई सहजै मृत्युको निमन्त्रणा दिइरहेको देखिन्छ । यतिबेला महानगरपालिका भित्रका धेरै स्थानहरुमा यस्ता अलपत्र तारहरुले भुइ छोइरहँदा पनि न विद्युत प्राधिकरणले चासो राख्छ न नेपाल टेलिकमले ।
सहरभित्र अत्याधिक चाप रहने सडकहरुमै अस्तव्यस्त रुपमा रहेका विद्युतीय तारका कारण सवारी साधनसहित पैदल यात्रुहरु असुरक्षित बन्दै गएका छन् । यो सहरवासीका लागि खतराको घण्टी हो। सहरको सौन्र्दयता बढाउन भनेर तारहरु भुमिगत गर्ने योजनाहरु अनुरुप काम भइरहेको छ । त्यस्का लागि विद्युत प्राधिकरणले थुप्रो धनराशि खर्च गरिरहेको छ । तर नेपाल टेलिकम र विद्युत प्राधिकरण बिच समन्वयको अभावमा अहिलेसम्म कतिपय सडक असुरक्षित बनेका छन।
यो तस्वीर काठमाडौं महानगरपालिका अन्तर्गतको चन्डोल क्षेत्र हो। यहाँ दैनिक हजारौं मानिस र गाडी आवतजावत गर्छन तर यो लत्रीएको तारले सडकलाई कुरुप त बनाएकै छ तर त्यो भन्दा धेरै यो सडक धरापमा परेको छ। हेर्दाहेर्दै एक दुई जना बाइक चलाउने यात्रुहरू लत्रीएको तारमा अल्झिएर सामान्य दुर्घटनामा पर्ने गरेको देख्न सकिन्छ । त्यहाँ वरिपरि प्रहरी पोस्ट छैन। साँझ, बिहान र रातिको बेलामा अझै ठुलो दुर्घटना वा कुनै अप्रीय दुर्घटना निम्तिन सक्छ । कतै तार भुमिगत गर्ने निहुँमा सडकपेटि नै हराएका छन त कतै तार भुमिगत गर्न ढिलाइको कारण सडकले नै मान्छेको बल्छी थापिरहे जस्तो देखिन्छ।
कतिपय कुराहरू मेयर बालेनले सुधार गर्दै गएपनी प्राधिकरण, नेपाल टेलिकम र निजि ईन्टरनेट सर्भिस प्रोभाइडरका तारहरु खम्बाभरी टागिएको, लत्रिएको र झोल्लिएको अवस्था छ । यो सडक प्रतिको आक्रमण र बालेनको सपना माथी ठाडो हस्तक्षेप पनि हो।
अधिकार सम्पन्न स्थानीय सरकारले आम नागरिकका समस्यामाथि प्राथमिकता दिनु दाहित्व हुन आउँछ । देख्दा सामान्य लाग्ने कुराले पनि निकट भविष्यमा ठूलो दुर्घटना ननित्याउँला भन्न सकिन्न । आज सडक किनारामा असरल्ल तारका कारण हुनसक्ने जनधनको क्षतिलाई समयमा नै न्यूनिकरण गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । ताकि आम सर्वसाधरण सडक यात्रा गर्दा आफू सुरक्षित भएको महशुस गर्न सकुन ।