काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका विषयमा सरकार सकारात्मक नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार चितवनको भरतपुरमा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)को सातौँ वार्षिकोत्सवमा उनले विपक्षीहरू एकताबद्ध भएर राष्ट्र र जनताका पक्षमा आवाज उठाएको उल्लेख गरे । सरकारले आफ्ना कुरालाई गम्भीर रूपमा नलिए सडक आन्दोलन गर्ने उनले चेतावनी दिए ।
मुलुकको सुशासन, सामाजिक न्याय, आर्थिक अराजकताविरुद्ध आफू नेतृत्वको तत्कालीन सरकारले अभियान नै चलाएको उनले बताए । त्यसपछि सरकार छाड्नुपर्ने अवस्था पैदा भएको उनले जिकिर गरे ।