आज मिती २०८१ साल माघ महिनाको २१ गते सोमबार तदनुसार फ्रेब्रुअरी महीनाको ३ तारीख सन् २०२५, माघ शुक्ल पक्षको पंचमी तिथी एवं वसन्त पंचमी तथा सरस्वती पूजा बालबालिकालाई अक्षराम्भ गराउने दिन, आज बिहान ६ बजेर ४९ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ४६ मिनेटमा अस्ताउने छ ।
मेष राशी: आजको दिन अलिक चुनौतीयुक्त रहनुका साथै द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय रहेको छ । सहयोगी वा हितैषीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी गर्न सक्ने देखिएकाले सचेत रहनुहोस् । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने तथा शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा पर्ने योग रहेको छ ।
बृष राशि: आजको दिन निकै नै शुभदायी छ । आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी होला । व्यापार-व्यवसायमा राम्रै फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट लाभ मिल्नुका साथै विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुने समय छ ।
मीथुन राशि: सामाजिक उत्तरदायित्व वहन गर्ने समय रहेकाले रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्नुका साथै परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट चाहिँ सामान्यमात्र लाभ मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्ने देखिन्छ ।
कर्कट राशि: आजको दिन बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका तथा स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहने छ । लेनदेनमा विवाद आउने योग रहेकोले सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । यसका बाबजुद आम्दानी बढ्ने र फाइदा उठाउने समय रहेको छ ।
सिंह राशि: आजको दिन तपाईको आम्दानी राम्रै हुने समय रहेपनि परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउनुका साथै आफन्तजनको सहयोगले काम बन्नेछन्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने तथा भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ ।
कन्या राशि: महत्वपूर्ण काममा लगानीको समय रहेको छ । प्रयास गर्दा रोकिएका बन्नुका साथै नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नुका साथै अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । सार्वजनिक कार्यक्रममा भने आकर्षण बढ्नेछ ।
तुला राशी: आजका दिन अरूका काममा महत्वपूर्ण समय बित्ने तथा व्यवसायिक काममा खर्च बढ्नेछ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्नुका साथै सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने दिन रहेपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
बृश्चिक राशि: स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय रहेको छ । तथापि काममा सफलता मिल्ने भएपनि अप्रिय समाचारले खिन्नता बढ्न सक्ने समय रहेपनि पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहुने समय रहेको छ ।
धनु राशि: विभिन्न अवसर पाइने समय हुनुका साथै सोचेको काम समयमा सम्पादन गर्न नसकिने हुनाले हातमा आएको अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् तथा नसोचेको क्षेत्रबाट फाइदा उठाउन सकिने दिन रहेको छ ।
मकर राशि: धैर्यले काम लिने समय रहेकाले चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग रहेपनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनुका साथै परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्ने योग रहेको छ ।
कुम्भ राशि: आजको दिन निकै मनोरञ्जनपूर्ण रहनुका साथै नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना रहनुका साथै स्थानान्तरण या टाढाको यात्राको योग छ । समय उत्साहवर्द्धक रहने तथा आरोग्यता र आयबल बढ्नुका साथै काममा सफलता मिल्नेछ ।
र, मिन राशि: आजको दिन कर्मबल बढ्नुका साथै सामाजिक कामको दायित्व बढ्ने श्रमको उचित मूल्यांकन होला । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय रहेको छ ।