प्रिसेसनमा सूचकसँगै उच्च अंकले बढ्यो कारोबार-Sutra News

प्रिसेसनमा सूचकसँगै उच्च अंकले बढ्यो कारोबार

सोमबार, २१ माघ २०८१

सोमबार, २१ माघ २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको बृद्धि भएको छ । प्रिसेसनमा बजार १.०६ अंकले बढ्दै २७२८.६४ को बिन्दुमा उक्लिएको छ ।



यो सेसनमा कारोबार रकम उच्च रह्यो । २ लाख २१ हजार ९३७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० करोड ३७ लाख ८६ हजार बराबरको भयो । जुन प्रिसेसनको निकै उच्च कारोबार हो ।

यो सेसनमा ७५ कम्पनीको सेयर किनबेच भएको छ । जसमा ३८ कम्पनीको मूल्य बढेको छ भने ३० कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
यो सेसनमा जलविद्युत र लघुवित्त कम्पनीहरुको किनबेच उच्च रह्यो ।

यसअघि आइतबार ६९.८० अंकले बढ्दै सेयर बजार २७२७.५८ को बिन्दुमा उक्लिएको थियो । सँगै, बजारमा कारोबार रकम पनि केही महिनायताकै उच्च १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको भएको थियो ।

आइतबारको पूर्ण कारोबार र सोमबारको प्रिसेसनमा भएको कारोबारले सेयर बजारमा ठूला लगानीकर्ता उत्साहित भएको देखाउँछ । जसले आजको कारोबार पनि उच्च अंकका साथ बढ्न संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट