सुनकाे मूल्य स्थिर, चाँदीकाे मूल्य घट्याे-Sutra News

सुनकाे मूल्य स्थिर, चाँदीकाे मूल्य घट्याे

सोमबार, २१ माघ २०८१

सोमबार, २१ माघ २०८१

काठमाडौं । स्थानीय बजारमा साताकाे दाेस्राे काराेबार दिन (सोमबार) पनि सुनको मूल्य स्थिर छ। आइतबारदेखि स्थिर रहेको सुनको मूल्य यसदिन पनि स्थिर रहेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। जुन शुक्रबारदेखि कै मूल्य हाे ।

सुनकाे मूल्य स्थिर भइरहँदा स्थानीय बजारमा चाँदीको मूल्य भने घटिरहेकाे छ । आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ । साेमबार अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट