फेदीखोला हाईड्रोपावरले आईपीओ निष्काशन गर्दै-Sutra News

फेदीखोला हाईड्रोपावरले आईपीओ निष्काशन गर्दै

सोमबार, २१ माघ २०८१

सोमबार, २१ माघ २०८१

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।



माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन १० गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्काशन गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । आयोजना निर्माणको हालसम्मको प्रगति, खर्च अनुमोदन र शेयर खरीद विक्री कार्यका लागि विद्युत नियमन आयोगसँग स्वीकृति लिने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

यस कम्पनीले भोजपुर जिल्लामा ४ दशमलव ३ मेगावाट क्षमताको फेदी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट