काठमाडौं । सांगीतिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका बालेन्द्र शाह बालेन अहिले नेपाली राजनीतिको आशाको धरोहर बनेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए पश्चात उनको चर्चा र समर्थनको सिमा रहेन । लौरो चुनाव चिह्न लिएर स्थापित दलहरुलाई विस्तापित गर्न सफल बालेनका बालकदेखि वृद्धसम्मै अबको सहारा लौरो अर्थात बालेन हो भन्दै उनको समर्थनमा माहोल बन्दै गयो ।
योजनावद्ध रुपमा माहानगरमा आफ्नो उपस्थिती जनाएका बालेनले जनअपेक्षाका कामलाई प्राथमिकता दिँदै गए । जटिल मानिएको फोहोर व्यवस्थापनदेखि अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन गरेको काममा उनले महानगरवासीको मात्र नभई देशैभरका नागरिकको साथ र समर्थन पाए । बोलेर भन्दा पनि काम गरेर देखाउँने स्वभावका बालेनको सामाजिक सञ्जालमा आउने एक पोष्टले नै तरंग पैदा गर्ने गरेको छ । सार्वजनिक कार्यक्रमहरुमा त्यति उपस्थिती नजनाउने हुँदा पनि उनको धारण सामाजिक सञ्जालबाट नै प्रष्ट्याउने गरेको पाइन्छ ।
दिनप्रति दिन बढ्दै गएको बालेनको क्रेज देखेर राजनीतिक दलहरूमा भने चिन्ता बढ्दै गएको पाइन्छ । बालेनले काम गरेर आफ्नो क्रेज बढाएका हुन राजनीति गरेर होईन । नेपालमा बिकासबादी चिन्ता र चिन्तन हाबी हुनका लागि युवा पुस्ताका नयाँ अनुहार बालेनको योगदान महत्वपूर्ण छ। यो क्रेज नेपालभित्र रहेका युवा पुस्तामा मात्रै नभई देश बाहिर रहेका नेपाली युवा पुस्तामा झनै मौलाएको छ। ‘बालेनले पार्टी खोले भने हामी तन, मन, धन सारा खत्याउछौ’ भन्ने युवा पुस्ताको जमात बढीरहेको छ।
आम नागरिकमा राजनीतिक दलहरुप्रति वितृष्णा बढ्दै जाँदा वैकल्पि शक्तिका रुपमा थुप्रै दलहरुको उदय भयो । तर सहि नेतृत्व र प्रष्ट विचारको अभावमा ती दलहरुले आफ्नो अस्तित्व जोगाइ राख्न सकेनन् । यसैबिच टेलिभिजन कार्यक्रमबाट चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले नागरिकमा केही उत्साह जगायो । तर लामिछाने र रास्वपाका अन्य नेताहरुको श्रृङ्खलाबद्ध रुपमा आएको विवादका कारण सुरुवाती क्रेज जोगाइ राख्न सकेन । सभापतिदेखि अन्य नेताका अपरिपक्कताका कारण सडकदेखि सदनसम्म नागरिकले अपेक्षा गरे अनुरुप प्रस्तुत हुन नसक्दा पुरानै दलको झल्को आउँन थालेको अभिव्यक्ति आम मानसपटलमा पर्न थालेको छ ।
वास्तवमा बालेनमा राजनीति गर्ने भन्दा पनि परिवर्तनसहितको बिकास गर्ने सपना छ। त्यो कुरा उनको काम गर्ने शैलीले देखाइरहेको छ। बालेनलाइ राजनीतिप्रती मोह छैन । न उनी भाषण गर्न नै लोभिन्छन, न त उनी अरुको कुरा काट्ने र राजनीतिको कुरा गरेर आफ्नो अमूल्य समय फजुलमा बिताउछन।
अहिलेको युवा पुस्तामा देखिएको राजनीति प्रतिको घोर वितृष्णालाइ उनले राम्रोसँग उपयोग गरिरहेका छन। बालेन राजनीतिमा आए भने ढुक्क हुनुस् नेपालका ठुला राजनीतिक दलहरुलाई ठुलो धक्का पर्नेवाला छ। बालेन राजनीति गर्दैनन्, बिकास गर्छन् । अहिलेका जनतालाई राजनीति चाहिदैन बिकास चाहिन्छ । खोक्रा भाषण र आश्वासनका कुण्ठा सुन्दासुन्दै वाक्क भएको यो पुस्ता बालेन चाहन्छ र उनले युवा पुस्ताको मनोविज्ञान बुझिरहेका छन। बालेन र बिकास पर्याय बनिरहेको यो समय भनेको पुराना राजनीतिक दलहरूको पतनउन्मुख समय हो। बालेनलाइ पूर्वको हाङपाङ होस कि पश्चिमको कञ्चनपुर होस या बिकट हुम्ला, जुम्ला होस त्यहाका युवा पुस्ताले चिनिसकेका छन। बालेनको बिकासवादी क्रेज बढ्दो छ।
अहिले बाले जहाँ पुग्छन् त्यहाँ थेगिनसक्नु समर्थकको भिड लाग्ने गर्दछ । जसको उदाहरणका रुपमा केहि महिना अगाडि काठमाडौंकै कोटेश्वरमा भएको एक महोत्सवलाई हेर्न सकिन्छ । जहाँ उनी प्रमुख अतिथि भएर पुग्दा उनका समर्थको भिडले त्यस स्थल नै अपर्याप्त भयो । जसलाई परिवर्तनको भिड भन्दा फरक नपर्ला ।
अहिले भएका सबै राजनीतिक दलहरुलाई एउटै कुराको चिन्ता छ त्यो हो ०८४ मा बालेनले पार्टी खोलेर चुनावमा भाग लिने हुन कि भन्ने ? राजनीति नगर्ने आम मानिसलाई पनि बालेनको उदय प्रती चासो छ। बालेनले पार्टी खोल्दिए हुन्थ्यो भन्ने आमा चासो बिच कतिबेला बालेनले पार्टी घोषणा गर्लान भनि आम नागरिक बेग्र पर्खाइमा छन।
नेपालमा स्थाइ रूपमा राजनीति गर्ने भनेको हामी मात्रै हौ भन्ने राजनीतिक पार्टीहरुलाई ०८४ मा बालेनले आछुआछु बनाउने पक्का छ । राजनीतिको प्रारम्भ रामायणकालभन्दा पनि पुरानो हो । यसको अधिकतम वर्णन महाकाव्य महाभारतमा समेत पढ्न सकिन्छ। चक्रव्यूहको सृष्टि होस् वा चौसर खेलको खेलमा पाण्डवहरूलाई नराम्ररी हराउने राजनीति होस् । इतिहासमा एरिस्टोटललाई राजनीतिको पिता भनिन्छ । राजनीतिलाई लिएर जनतामा नकारात्मक सोच हुने गरेको त्यही समयदेखि नै हो। यसको कारण राजनीति गर्ने नेताहरुको अदुरदर्शि सोचाइको कारण ले नै हो भन्न सकिन्छ । राजनीति यदि जनताको दुख सुखको साथी बनिदिने हो भने राजनीति प्रती जनताको घोर वितृष्णा जाग्दैनथ्यो होला ।
अहिले राजनीति गर्नुको अभिष्टता ‘आफै कमाउ आफै रमाउ’ भन्ने हेतु पनि हो। राजनीति कुनै पनि समाजको अभिन्न अंग हो भन्ने कुरा अहिलेका पुस्ताले बुझ्दाबुझ्दै पनि अहिलेको पुस्ता राजनीति जान्दैनन् तर बालेन जस्तै युवा सोच र मुलुकको समृद्धिको चिन्ताप्रति भने समर्पित हुन्छन् । कुनै बेला महात्मा गान्धीले भनेका थिए कि राजनीतिले हामीलाई सर्पले झैं डसिरहेको छ र यससँग लड्नुबाहेक हामीसंग अर्को कुनै उपाय छैन। हो बालेन जस्तै आजको युवा पुस्ता राजनीति बाट आफुलाइ डसाउन चाहदैन बरु त्यो बिरुद्ध आफुलाइ तयार गर्छ। तीनै युवा पुस्ताको शक्तिको रुपमा बालेनको उदय भएको छ ।
अहिलेका युवा गालिको बदला ताली दिन्छ र आफ्नो बुद्धिले समाज परिवर्तन गर्ने बाटोमा निरन्तर हिड्ने प्रयत्न गर्छन । ढुक्क हुनुस् बालेनले पार्टी खोल्छन् अन्य पार्टीले गरे जस्तो राजनीति गर्दैनन् तर बिकास चाहिँ गर्छन। हामी मुलुकको समृद्धि चाहने हो या यस्तै राजनीति चाहने हो भन्ने ०८४ मा नै यो मुद्दाको किनारा लाग्नेवाला छ।