काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा हेरफेर भएको छ ।
लामो समयदेखि अध्यक्ष ‘प्रचण्ड’को स्वकीय सचिव रहेका रमेश मल्ललाई भूगोलको राजनीतिमा पठाइने भएको छ ।
माओवादी हेडक्वार्टर स्रोतका अनुसार मल्ललाई स्वकीय सचिवबाट बिदा गरेर गोविन्द आचार्यलाई सचिवालयको जिम्मेवारी दिन लागिएको हो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका आचार्य ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए ।