ह्वात्तै बढ्यो सुनको मूल्य-Sutra News

ह्वात्तै बढ्यो सुनको मूल्य

मंगलबार, २२ माघ २०८१

मंगलबार, २२ माघ २०८१

काठमाडौं । स्थानीय बजारमा साताको तेस्रो कारोबार दिन (मंगलबार) सुनको मूल्यमा उच्च अंकले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।



मूल्य बढेसँगै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

स्थानीय बजारमा सुनको मूल्य आइतबारदेखि नै स्थिर थियो । शुक्रबारकै तुलनामा सोमबारसम्म पनि प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँका दरले कारोबार भएको थियो ।

सुनको मूल्य बढेसँगै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । लगातार गिरावटमा देखिएको चाँदीको मूल्य मंगलबार प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै मंगलबार प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश २८१९ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट